२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परे

भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परे
सेयर गर्नुहोस्
०सेयर

छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।