
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ ।
‘अध्यक्षसंग बालबालिकाको न्यानो माया कार्यक्रम’ नै लागु गरि न्यानो कपडा वितरण गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष पित्तहादुर डल्लाकोटीले जानकारी दिनुभयो ।
न्यानो कपडाकै कारण विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको अध्यक्ष डल्लाकोटीले बताउनुभयो ।
गाउँपालिकामा रहेको ७४ वटा विद्यालयहरु मध्ये २६ वटा विद्यालयमा ट्रयाकसुट, जुत्ता र मोजा वितरण गरिसकेको छ ।