
व्यवसायिक योजना तयारी तथा उद्यमशिलता विकास विषयक जिल्ला स्तरिय ३ दिने तालिम सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारमा तालिम संञ्चालन भएको हो ।
ग्लोबल एग्रीकल्चर फुड एण्ड सेक्युरिटी प्रोग्राम (GAFSP) को आर्थिक सहयोगमा खाद्य तथा कृषि संगठन (FAO) को प्राविधिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत तालिम संञ्चालन भएको हो ।
तालिममा आयोजना बाट गठित कृषक समूह र पशुपालन समूहका ३५ जना कृषकहरु, गाउँपालिकामा आयोजना अन्तर्गतका ६ जना कर्मचारीहरुको सहभागीता रहेको छ । आयोजना मार्फत गठन भएका कृषक समूह र पशुपालन समूहलाई पूरक अनुदान ६ लाख सम्मको प्रस्तावना पेस गर्नको लागि दिने उद्देश्यले तालिम संञ्चालन भएको हो ।
तालिममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाई गोरखाका कृषि अधिकृत ईश्वर बर्सिलाको अध्यक्षतामा संञ्चालन भएको तालिममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाई गोरखाका प्रमुख वरिष्ठ कृषि अधिकृत केशव देवकोटाको प्रमुख आतिथ्य रहेको आयोजनाका सहजकर्ता पूर्ण चेपाङले जानकारी दिनुभयो ।