
धादिङमा १२ देखी १७ वर्ष उमेर समुहका वालवालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालयले धादिङका १३ ओटा स्थानिय तहहरुमा ‘क’ र ‘ख’ गरेर २ चरणमा पहिलो र दोश्रो मात्रा मोर्डना खोप दिईने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा पहिलो मात्राको खोप पुसको ४ देखी ८ गते सम्म ८ ओटा स्थानिय तहमा लगाईदै छ । सोही अभियान अन्र्तरगत सोमबार २ हजार २ सय ९४ छात्रा र २ हजार १ सय ८२ जना छात्र गरि ४ हजार ४ सय ७६ जना वालवालिकालाई खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
४५ ओटा खोप केन्द्रबाट उनिहरुलाई कोरोना विरुद्धको मोर्डना खोप लगाएको हो । पहिलो चरणमा निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा संञ्चालन भईरहेको छ । यस्तै दोश्रो चरणमा पहिलो मात्रा खोप पुसको ७ गतेदेखि ११ गते सम्म ५ ओटा स्थानिय तहमा खोप अभियान संञ्चालन हुनेछ ।
धुनिवेशी नगरपालिका, थांक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने खोप अधिकृत पोखरेलले बताउनुभयो । यस्तै माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा खोप लगाईने छ ।