धादिङमा विहिबार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विहिबार संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा ५, धुनिबेसिमा १४, गजुरीमा ८, बेनिघाटमा ६, ज्वालामुखीमा २६, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा २, जिल्ला आयुर्वेद सेन्टरमा ३ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ३ सय ३० पुगेको छ । संक्रमित सबै नै होम आइसोलेसनमा रहेका छन् । विहिबार एन्टीजेन परिक्षण गरिएका १ सय ११ जनामध्ये ६९ जनामा पोजिटिभ देखिएको हो । जिल्लामा कोरोना संक्रमण दर ६२.१ % रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
विहिबार ५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै धादिङ अस्पतालमा पिसिआर ल्याब छिटै नै सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । पिसिआर ल्याव तयारी अवस्थामा रहेको तर मेनपावरको अभावले सञ्चालनमा समस्या भएको बताउनुभयो ।