२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भोलि दिउँसो १ बजेका लागि संसद बैठक आह्वान

भोलि दिउँसो १ बजेका लागि संसद बैठक आह्वान
सेयर गर्नुहोस्
०सेयर

१५ माघ, २०७८
धादिङ – भोलि माघ १६ गते आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । कोरोना महामारी, राजनैतिक अन्यौलता, आसन्न स्थानीय निर्वाचन, नेकपा एमालेको निरन्तर संसद अवरोधका बीचमा बैठक आह्वान गरिएको हो । यस अघि माघ ३ का लागि बोलाइएको बैठक कोभिड कारण बस्न सकेको थिएन ।

सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार भोलि बस्ने प्रतिनिधि सभा बैठकको एजेण्डा के हुने र अर्को बैठक कहिले बस्ने भन्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैक बोलाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।