
धादिङको वेनिघाट रोराङ गाउँपालिकाले आमा बुवा विहिन वालवालिकालाई नगद हस्तान्तरण गरेको छ ।
नेपाल सरकारको आमा बुवा विहिन वालवालिकाको संरक्षण सामाजिक सुरक्षा योजना कार्यक्रम अन्र्तरगत ३१ जना आमा बुवा विहिन वालवालिकालाई नगद हस्तान्तरण गरिएको वेनिघाट रोराङ गाउँपालिकाका सुचना अधिकारी परशुराम घिमिरेले जानकारी दिनुभयो ।
३१ जना वालवालिकालाई जनही १९ हजार ३ सय ५५ रुपैयाँका दरले ५९ लाख ८३ हजार नगद हस्तान्तरण गरिएको घिमिरेले बताउनुभयो । आमा बुवा विहिन भएर अरुको संरक्षणमा बसिरहेका वालवालिकाहरुको पढाई तथा जिविको पार्जनमा सहज पु¥याउने उद्देश्यले नगद हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।