२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

आउने  ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा
सेयर गर्नुहोस्
०सेयर

आउने ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ ।

चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ । यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।