धादिङमा विभिन्न स्थानिय तहमा विभिन्न पदमा स्वतन्त्र उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वारहरुलाई उम्मेद्वारी फिर्ता लिन नेपाली कांग्रेस धादिङले अपिल गरेको छ ।
नेपाली काँग्रेस र गठबन्धनको उम्मेदवारका विरुद्ध केही गाउँ/नगर पालिकाका वडाहरुमा स्वतन्त्र उम्मेदवारी परेकाले संगठनको गरिमामा आँच आउने भएकाले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिन अपिल गरेको हो ।
लाखौँ नेता कार्यकर्ताको रगत पसिनाले निर्माण भएको नेपाली काँग्रेसको संगठनमा सबैको योगदान रहेको र संगठनप्रति गरिएको योगदानलाई मध्यनजर गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुहुन अनुरोध गर्दछु नेपाली कांग्रेस क्षेत्रिय सभापती राकेश धमलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
पार्टी संगठनका लागि आम कार्यकर्ताले खेलेको अहम भूमिकाको उच्च मूल्याङ्कन सदैव रहने विश्वासका साथ पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा लाग्न पत्र मार्फत अनुरोध गर्नुभएको छ । धादिङमा कति उम्मेद्वारले उम्मेद्वारी फिर्ता गरे भन्ने विवरण भने आईसकेको छैन ।











