
पृथ्वी राजमार्ग अन्तगर्त धादिङको बेनीघाट रोराङ गाउपालिका वडा नम्बर ९ ज्यामिरेघाट स्थित त्रिसुली नदिमा ट्याक्टर खस्दा १ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।
मजिम्टारदेखि बेनीघाटतर्फ जादै गरेको ग १ त ४८९८ नम्बरको ट्याक्टर १ सय मिटर तल त्रिसुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बेपत्ता चालकको खोजी भइरहेको प्रहरी जनाएको छ ।
घाइते हुनेहरुमा इच्छाकामना गाउपालिका बस्ने बर्ष २९ को राज कुमार पुरी र सोहि ठाउँ बस्ने बर्ष १५ को सफल चेपाङ रहेका छन् । घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।