
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको वेनिघाट नजिक त्रिशुली नदिमा आज तरकारी बोक्ने ट्रक खस्दा ३ जना घाईते भएका छन् ।
काठमाण्डौंबाट बेनिघाटतर्फ जाँदै गरेको प्रदेश३-०२-००६ ख ०९३१ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौदी बस्ने २४ वर्षिय ट्रक चालक अर्जुन कंडेल, वडा नम्बर ५ का दिपेश नेपाली र गोरखाको गण्डकी गाउँपालिका बस्ने ३२ वर्षिय सुवास सापकोटा रहेका छन् । घाईते मध्ये ट्रक चालक अर्जुन कंडेलको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं पठाएको छ भने अन्य २ जना सामान्य उपचार पछि घर फर्किएका छन् ।