मतगणना सुरु भएसँगै धादिङमा मत परिणाम आउने क्रम जारी छ । धुनिवेशीं नगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका प्रकाश हमाल ९३५ मत ल्याई विजयी हुनुभएको छ । यस्तै गजुरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका तारा भण्डारी विजयी हुनुभएको छ । यस्तै ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका राजु लोप्पा विजयी हुनुभएको छ ।

यस्तै गल्छी गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल वडा अध्यक्षमा विजयी हुनुभएको छ ।  सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ मा पेमा वाङ्ग्याल लामा विजयी हुनुभएको छ ।

यस्तै खनियावास गाउँपालिकाको वडा नम्बर २ मा राप्रपाका अरुण कुमार तामाङ विजयी हुनुभएको छ ।

यस्तै थांक्रे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका श्याम थापा विजयी हुनुभएको छ । यस्तै  गंगाजमुना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा विजयी हुनुभएको छ ।  यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी हुनुभएको छ ।

यस्तै बेनिघाटरोराङ गाउँपालिकाको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल १०३२ मत ल्याई विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेका षडानन्द खनाल १०४७ मत ल्याई विजयी हुनुभएको छ।

यस्तै रुविभ्याली गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका रुपा घले २७४ मतले विजयी हुनुभएको छ।  यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका १०५१ मत ल्याई मान बहादुर तामाङ विजयी हुनुभएको छ । यस्तै पछिल्लो मतपरिणाम अनुसार नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले ६०३ मत ल्याई विजयी हुनुभएको हो ।

यस्तै ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका कृष्ण गिरी विजयी हुनुभएको छ । गिरीले ५०१ मत ल्याएर विजययी हुनुभएको हो । यस्तै नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका गणेश गुरुङ विजयी हुनुभएको छ ।

यस्तै रुविभ्याली गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका ३५३ मत ल्याएर पम्बर तामाङ विजयी हुनुभएको छ । यस्तै खनियावास गाउँपालिका वडा नम्बर १ मा राप्रपाका सोनम तामाङ अत्याधिक मत सहित विजयी हुनुभएको छ ।

यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका जीवन सिंह तामाङ ५ सय ३४ मत ल्याएर विजयी हुनुभएको छ । यस्तै गल्छी गाउँपालिकाको वडा नम्बर १ मा यदुकुमार खतिवडा ११३५ मत ल्याएर विजयी हुनुभएको छ ।

Facebook Comments