पुस ३ , धादिङ ।

आज डिसेम्बर १८, विविध कार्यक्रम गरि धादिङ सहित देशभर अन्र्तरराष्ट्रिय आप्रवासन दिवश मनाईदैछ । बैदेशिक रोजगारीमा युवाहरु विदेश जाने मुख्य जिल्ला मध्ये धादिङ पनि एक रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)का परियोजना संयोजक कमल रोकायाले बताउनु भएको छ ।

धादिङबाट अहिलेसम्म बैदेशिक रोजगारीका लागि ३९ हजार ९६ जना विदेश गएको उहाँले बताउनु भयो । बैदेशिक रोजगारीमा श्रमस्वकृती गरेर जाने  र पासपोर्ट बनाएर जाने दर फरक भएकाले आफुहरुले परियोजना मार्फत सचेतनाको काम गरिरहेको उहाँले बताउनु भयो ।

वर्तमान परिवेशमा युवाहरु अवैधानिक बाटोबाट स्टुडेन्ट भिषामा विदेश जानेहुदाँ धेरै जति ठगिमा पर्ने जस्ता समस्याहरु देखिएकाले आफुहरुले सचेतनाको काम गरिरहेको परियोजना संयोजक रोकायाले बताउनु भयो ।

त्यस्तै  सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेम नाथ सिलवालले बैदेशिक रोजगारीलाई एउटा सहायतको माध्यम मात्र सम्झनु पर्ने बताउनु भयो । अहिले बैदेशिक रोजगारीलाई रोकेर निमुर्ल पार्ने अवस्था सृजर्ना गर्ने नसक्ने भएकाले स्वदेशि स्रोत र साधनको बढि उपयोग गरि विस्तारै रोजगारिको सृजर्ना गर्नु पर्नेमा उहाँले जोड  दिनुभयो ।

त्यसैगरी बैदेशिक रोजगारीलाई न्युनिकरण गर्नेका लागि आफुले आफ्नो गाउँपालिकामा सर्वप्रथम युवाहरुको शैक्षिक योग्यता पहिचान गरि ज्ञान, सीप र क्षमता अनुसारको व्यवसाय संचालन गर्न सहयोग गर्ने र त्यसका लागि आफुहरुले केहि रमक समेत छुट्याएको उहाँले बताउनु भयो ।

दिवशको अवसरमा आज धादिङवेशी पुछारकजारमा आप्रवासी कामदारको सवालमा पत्रकार सम्मेलन, सडक नाटक तथा दिप प्रज्वलन कार्यक्रम गरिने चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

Facebook Comments