धादिङको बेनिघाट रोराङ गाउँपालिका २ स्थित ताल्तीमा रहेको ह्वासिन सिमेन्ट उद्योगमा ढुङ्गा लोड गर्ने क्रममा एक जना गम्भीर घाईते भएका छन् ।

ढुङ्गा खानीमा ढुङ्गा लोड गर्दैगर्दा माथीबाट खसेको ढुङ्गा ट्रिपरमा खस्दा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ बस्ने २५ वर्षिय सागर बल गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

गम्भीर घाइते बलको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौंको ह्याम्स हस्पिटलमा लगिएको छ ।

 

Facebook Comments