धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ पार्लाक र बाकुराङक चेपाङ समुदायले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानकर्षण पत्र बुझाएका छन् । सहज रुपमा आफ्नो जग्गाधनी पुर्जा पाउनुपर्ने, खाद्य अभाव टार्न परिवारका एक जनाले रोजगारी पाउनुपर्ने माग राख्दै पार्लाक खाद्य अधिकार समुहले मुख्यमन्त्री पाण्डेलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

धादिङ जिल्लाकै मतदाता नामावालीमा आफ्नो नाम भएपनि अहिले आफ्नो नाममा जग्गाधनी पुर्जा नभएकोले सहज रुपमा आफुहरुलाई जग्गाधनी पुर्जा पाउनुपर्ने उनिहरुको माग रहेको छ । वि.स. २०३२ वैशाख १६ गते देखी २६ गते सम्म भएको नापी कार्यमा लोथर कान्द्राङ पञ्चायत वडा नं. ४ ठेगानामा नापी भएको तर वि.स.२०३५ मा धादिङबाट श्रेस्ता चितवन जिल्ला भुमिसुधार (मालपोत तथा नापी) कार्यालय पठाइएको भएपनि नापी पश्चात जग्गाधनी पुर्जाको खोजी नगरेका कारण आफुहरुसँग अहिले जग्गाधनी पुर्जा नभएको ध्यानकर्षण पत्रमा भनिएको छ ।

जग्गा धनी पूर्जा प्राप्त गर्न संयुक्त निवेदन गरि नापी कार्यालयबाट प्राविधिक फिल्डमै गएर कित्ता छुट्याउन पर्ने र पुर्जा दिन वडा कार्यालयबाट सिफारिस गर्नु पर्ने मालपोत कार्यालयले बताएको छ । जग्गा नापी भएको मितिदेखिको मालपोत कर तिर्ने हो भने तिर्न सक्ने अवस्था पनि नभएको र जग्गाधनी पूर्जा प्राप्त गर्न आवश्यक वा अतिरिक्त शुल्क तिर्न समेत सक्ने अवस्था नभएकाले सहज रुपमा पूर्जा हात पारिदिन हुन मुख्यमन्त्रीको ध्यानार्कषण गर्दछौं पत्रमा भनिएकोछ ।

समुहको तर्फबाट लाले चेपाङ र खाद्य अधिकार प्रर्वधक जीतबहादुर चेपाङले संयुक्त रुपमा ध्यानकर्षण पत्र बुझाएका हुन् ।

यस्तै ब्रुसवाङ खाद्य अधिकार समुहले पनि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई माग पत्र बुझाएका छन् । वस्ती स्थान्तरणको लागि पटक पटक माग गरिएको भएपनि सुनुवाई नभएको माग पत्रमा भनिएको छ । ब्रुसबाङका चेपाङ समुदायले प्रति परिवार आवास सहित २ रोपनी जग्गा, खानेपानी, विजुली वत्ती, स्कुल र सडक भएको ठाँउमा छिटो भन्दा छिटो बसाई सारिनु पर्ने माग राख्दै आएका छन् ।

बस्तीस्थानतरण नगर्ने भए प्रत्येक घर पसिरवारमा खानेपानी सहितको धारो निमार्ण हुन पर्ने वा आकासे पानी संकलन गर्न प्रत्येक घरलाई १०÷१० हजार लिटरको हिल ट्यांक र १० पात १२ फुटे जस्तापाता पाँउनु पर्ने, बाह्रै महिना पर्याप्त पोषणयुक्त खान पाउने व्यवस्थाका लागि उत्पादन मूलक कार्यक्रम सञ्चालन हुनु पर्ने, जनता आवास कार्यक्रमबाट सवै घर बनाई दिनु पर्ने, बालकक्षालाई दरवन्दी बनाई कक्षा ३ सम्म पढाउने व्यवस्था मिलाउनु पर्ने, आफुहरुले बुनेका डोका, भकारी विक्री गर्न बाहै महिना यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने, गाँउलाई चेपाङ पर्यकट क्षेत्र बनाउन पूर्वाधार निमार्णमा सहयोग गर्नुपर्ने, ब्रुसबाङमै बस्दै आयौ र बसिरहनु पर्ने हो भने ब्रुसबासलाई चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने लगायतका माग राखेका छन् । गाँउमा ३६ घर चेपाङहरुको बसोवास रहेको छ ।

पहाडको चुच्चोमा बस्ति र भिरालो जमिन भएकोले उत्पादन कम हुने हुदाँ खाद्यन्न संकटको उच्च जोखिम भोग्न बाध्य भएको ब्रुसवाङबासीको भनाई छ । ध्यानकर्षणपत्र र माग पत्र बुझ्दै मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले ब्रुसवाङ बस्ती स्थानान्तरण गर्ने सडक, बस्ती, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी हुने गरी गर्ने र नयाँ ब्रुसवाङ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

पार्लाक बिषय मालपोत कार्यालय खैरेनी चितवनलाई जग्गा धनी पुर्जा दिन निर्देशन दिने र पुर्जा प्राप्त गरेपछि लगत धादिङ सार्ने बताउनु भयो । यस्तै बस्ती स्थानान्तरण नहुन जेल सम्म फियान नेपालले खबरदारी गरिरहने फियान नेपालका राजेन्द्र बस्नेतले बताउनुभएको छ ।

 

Facebook Comments