
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ कार्कीडाँडामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मकै गोडेर घर फर्किेने क्रममा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया मिरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
करेन्ट लागेर मकैबारीमा ढलिरहेको अवस्थामा फेला परेपछि उपचारको लागि धार्के स्थित शिव दर्शन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।