१६ असार,२०७९
धादिङ – आठ महिना अघि बागमती प्रदेशको मुख्यमन्त्री बनेका नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको पद धरापमा परेको छ ।

२०७८ साल कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुपूर्व प्रदेशका सत्तागठबन्धन दल एवं नेकपा एस र नेपाली कांग्रेसबीच सहमति गरेको थियो । उक्त सहमतिअनुसार मुख्यमन्त्री पाण्डेले ६ महिनापछि कांग्रेसलाइ मुख्यमन्त्री पद दिने भद्र सहमति भएको थियो ।

अहिले मुख्यमन्त्री हुनुपूर्वको सहमति अनुसार मुख्यमन्त्री पद नेपाली कांग्रेसलाइ दिन आनाकानी गरेपछि मुख्यमन्त्री पाण्डे विरूद्ध दवाव दिन हस्ताक्षर संकलन गर्नुपरेको नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले बताएका छन् ।

यस अघि नै सहमतिअनुसार पद छाड्न सत्ता घटक नेपाली कांग्रेस र माओवादी केन्द्रले भने पनि मुख्यमन्त्री पाण्डेले प्रदेशसभाबाट बजेट पास भएपछि छाड्ने आश्वसन दिएको थियो । तर बजेट पास भएपछि पनि पाण्डेले नेतृत्व छाड्ने कुनै छाटकाँट नदेखाएको तथा केन्द्रिय नेतृत्वको निर्देशन विना आफूले मुख्यमन्त्री पद नछाड्ने भन्न थालेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु पाण्डेको विरुद्धमा खुलेर लागेका हो ।

पूर्वसहमति अनुसार नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउनको लागि प्रदेश प्रमुखलाई हस्ताक्षर संकलन गरि बुझाउन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

Facebook Comments