धादिङको नीलकण्ठ नगरपालिकाका अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा वालवालिकाहरुको पहुँचमा सहजिकरण परियोजना अन्तरर्गत शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अपाङ्ग कल्याण संघ धादिङको आयोजनमा नीलकण्ठ नगरपालिका धादिङको सहकार्यमा नगरपालिका भित्रका ३२ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो ।













