धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बुधबार आज आफ्नो २७ औं स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्र सोसाईटी धादिङ शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९१ जना पुरुष र २८ जना महिला गरि १ सय १९ ले रगतदान गरेका छन् ।

Facebook Comments