३१ असार
धादिङ – २०७६ साल माघ ६ गतेदेखि खाली रहेको संसदको उपसभामुखमा पुष्पा भुसाल १४८ मत ल्याउँदै विजयी भएकी हुन् । नेपाली कांग्रेसका समानुपातिक सांसद पुष्पा भुसालले एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित भएकी हुन् । आज सम्पन्न भएको चुनावमा जम्मा २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले भने ९३ मत ल्याइन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाको समर्थन गरेको थियो । भने पराजित एमालेकी भट्टराईलाइ राप्रपाले समर्थन गरेको थियो ।
नव निर्वाचित उपसभामुख भुसालले ‘म यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न दृढ संकल्प छु । समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ भनि प्रतिकृया दिएको छ ।
२०७६ साल माघ ६ गते तत्कालिन उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुखको पद खालि रहेको थियो । संसदको कार्यकाल सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित हुनुलाइ अर्थपूर्ण रुपमा लिएको छ । संविद्यानअनुसार उपसभामुख संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ । अब संवैधानिक परिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल सहित तीन जना हुनेछन् । साथै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना छन् । शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाइ संबैधानिक नियुक्ति लगाएतका निर्णयहरु गर्न अब सहझ हुने भएको छ ।