२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मुक्ति समाज धादिङको चौथो पूर्ण बैठक तथा दलित जनप्रतिनिधीहरुलाई सम्मान

मुक्ति समाज धादिङको चौथो पूर्ण बैठक तथा दलित जनप्रतिनिधीहरुलाई सम्मान
सेयर गर्नुहोस्
०सेयर

“जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न, राष्ट्रिय निती निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधिको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाज धादिङको चौथो पूर्ण बैठक धादिङवेशींमा बसेको छ ।

बैठककै अवसरमा स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित दलित जनप्रतिनिधीहरुलाई सम्मान तथा प्रशिक्षण समेत गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटि, धादिङको अयोजनामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षता ३४ जनालाई सम्मान जनप्रतिनिधीहरुलाई सम्मान गरिएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटि धादिङका अध्यक्ष दिलबहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुक्ती समाजको केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले बागमती प्रदेश कमिटिको सदस्य कुमार वि.कको प्रमुख आतिथ्य रहेको थियो ।

नेकपा एमालेको भावी रणनिति, चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा नेकपा एमालेका जिल्ला तहका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको मुक्ती समाज धादिङका सचिव एवं नेकपा एमाले धादिङको लेखा आयोगका सदस्य जितबहादुर नेपालीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।