
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन र सल्यानटार सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको शिलान्यास भएको छ । विहिबार एक कार्यक्रमका विच आयोजनाको शिलान्यास गरिएको हो ।
३४ करोड ४० लाख ४६ हजार ८ सय १ रुपैयाँ ४६ पैसा कुल लागातमा बन्ने आयोजनाको २०८१ जेठ १२ सम्ममा सम्पन्न हुनेगरी सगुन कन्स्ट्रक्सन वुटवलले २३ करोड ८५ लाख ्र४९ हजार ३८७ रुपैयाँ २६ पैसामा ठेक्का सम्झौंता गरेको छ । नेपाल सरकारबाट ७० प्रतिशत र स्थानीय उपभोतmा सहभागिताको ३० प्र्रतिशत जनश्रमदान लगानीमा बन्ने खानेपानी आयोजनाबाट त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ को २ हजार ८ सय ९७ घरधुरी लाभाविन्त हुनेछन् ।
सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ्र्र आयोजनाका अध्यक्ष सपना थापा, संघीय सांसद खेम प्रसाद लोहनीले संयुक्त रुपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
यस्तै शिलान्यासमा संविधान सभा सदस्य एवं नेकपा एकिकृत समाजवादीका नेता गुरु प्रसाद वुर्लाकोटी,त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती,उपाध्यक्ष देवराज धरेल, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागितामा थियो ।

शिलान्यास सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एवं संभिय सांसद खेम प्रसाद लोहनीले सल्यानटार सह लगानी आयोजना वर्षौ सम्मको पहल मेहनत र प्रयासबाट सफलभएको बताउनुभयो । आयोजनालार्ई पारदर्शि ढङगले समयमान सम्पन्न गन्र्र निर्माण कम्पनीलाई आग्र्रह गर्दै योजना कार्यन्वयनमा महत्वपूर्ण भुमिका गाउँपालिकाको रहने पर्ने पनि बताउनुभयो । मुलुक निर्वाचनमा होमिए सँगै आफ्नो कार्यकालमा माग तर्जुमा भएका योजनाहरु सम्पन गर्दै गर्दा राजनैतिक अस्थिरता भएको कारण जनतालार्ई भ्रमित पाने्र्र आफ्नो स्वाथ्र्र पुर्तिको लागि विभिन्न पार्टी फुटाई गठबन्धन गरिएको र यसले जनताको मागलाई,विकासलाई्र्र प्रत्यक्ष प्रभाव पारेको बताउनुभयो ।
आगमी निर्वाचनपछि यो मुलुकमा काग्रेस र नेकपा एमाले मात्र रहने बताउनुभयो । त्यस्त्रै विशेष अतिथि एवं नेकपा एकिकृत समाजवादीका नेता गुरु प्रसाद बुर्लाकोटीले धादिङ जिल्लाको समग्र बिकासको पक्षमा तिन दशक देखि ध्यान केन्द्रित रहेको र अब पनि जनताको पक्षमा नै रहिरहने बताउनुभयो । पार्टीमा अनेकता, बिकास र सहकार्यमा एकताको आवश्यकता रहेको उहाँले बताउनुभयो ।