२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चाडपर्व लक्षित धादिङ प्रहरीको सहायता कक्ष

सेयर गर्नुहोस्
०सेयर

जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ, तिहारलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना गरेको छ । सोमबार कार्यालयले जिल्लाका ६ स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

नजिकिदै गरेको नेपालीहरुको महानचाड बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले निलकण्ठ नगरपालिका–३ स्थित पुछारबजार‚ वेनिघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार, गजुरी गाउँपालिका–१ स्थित गजुरी वजार, गल्छी गाउँपालिका–७ स्थित गल्छिचोक, थाक्रे गाउँपालिका– ६ स्थित महादेववेशी र धुनिवेसी नगरपालिका–८ स्थित खानिखोलामा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।