
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ अल्छीडाँडामा बोलेरो जिप दुर्घटना हुदा एकै गाउँका सात जना घाइते भएका छन् ।
सदरमुकाम धादिङबेशीबाट नीलकण्ठ नगरपालिकाकै रिजालथोक जादै गरेको लु १ ज १४३९ नम्बरको बोलेरो जिप ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा नीलकण्ठ नगरपालिका–४ धादिङकी २१ वर्षिय बिनिता वस्ती, १७ वर्षिय नविन गुरुङ, २५ वर्षिय पम्फा थापा, ७२ वर्षिय विर बहादुर परियार, २२ वर्षिय रविना गुरुङ, २८ वर्षिय सुजिना मल्ल, १७ वर्षिय ममता मल्ल छन् ।
घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।बोलेरो र बोलेरो चालक नीलकण्ठ नगरपालिका–४ धादिङका ३० वर्षिय अशोक मल्ल जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा लिएको छ ।