महिला प्रहरी माथी जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथी मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फुलपातीको दिन विहान ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो । लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

शनिबार विहान करिव एक वजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उहाँले बताउनुभयो । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । ढुंगाना १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए ।

पक्राउ परेका प्रहरी निरिक्षक ढुंगाना माथि थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

Facebook Comments