
चितवनको इच्छाकामना ४ लेवाटार स्थित ओसियन होटल (नेवारी भान्सा घर) मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही होटलमा काम गर्दै आएका धादिङ घर र सुरोज नाम बताउने अन्दाजी ४०/४५ बर्ष उमेरका पुरुष होटलको बाथरुममा साँझ ५ बजे मृत अवस्थामा फेला परेका हुन् । घर समेत जाने आउने समेत गरिरहेका मृतक सुरोजले धादिङ घर बताउने गरेपनि पुरा नाम ठेगाना भने नदिएको होटल सञ्चालिका सुनिता श्रेष्ठले बताउनुभएको छ ।
अत्याधिक मदिरा सेवन गरेका कारण कमजोर भई बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुनजित तामाङले बताउनुभएको छ । मृतकको परिचय नखुलेको र शवलाई भरतपुर अस्पतालमा राखिएको छ ।