सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। सर्लाहीमा बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए। अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन्।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनलाई जहाजबाट काठमाडौं लगिएको छ ।

Facebook Comments