
धादिङ क्षेत्र नं १ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवारभुमि त्रिपाठीले औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीको वैधानिकताका लागि कानून निर्माण गरि सुरक्षित उत्पादनका लागि कार्यक्रम ल्याइने बताउनुभएको छ। शुक्रबार बेनिघाटरोराङ वडा नम्बर १ सिमटारमा बिहिबार मतदाताहरुलाई सम्बोधन गर्दै एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार त्रिपाठीले गाँजाखेतीको बेधानिकताका लागि आफूसंसदमा पुगेपछि कुरा उठाएकोरयसलाई बैधानिक रसुरक्षित खेतीका लागि आफू लागिरहने बताउनुभयो ।
महाभारत क्षेत्रमा गाँजाको उत्पादन हुने भएपनि बैधानिक नभएका कारण यस क्षेत्रका बासिन्दाले कानूनी झमलेलामा परिरहेका छन् । महाभारत क्षेत्रको योबस्ती विकासका धेरै सम्भावना भएपनि यसअघिका नेतृत्वले नगरेका काम आफूले गर्न सुरु गरेको र आगामी दिनमा काम गरेर देखाउने उहाँको भनाइ छ ।
महाभारत पर्यटन पदमार्गको सुरुवात गर्नुभएका त्रिपाठीले गाउँमा पर्यटन ल्याउनका लागि पदमार्गको विकास र प्रवर्धन गरि गाउँमा पर्यटन आउँछन् भन्ने सन्देश दिने बताउनुभयो । गाउँको उत्पादन कोदोको रोटी, कन्दमूल तथा मकै, गुन्द्रुक भटमास दिएर स्थानीय संस्कृतिअनुसारस्वागत गरेर गाउँमा आम्दानी गर्नसकिने पदमार्ग निर्माणका लागि लागि रहने उहाँको भनाइ छ। नेकपा एमालेकेन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेलले मतदातालाई सम्बोधन गर्दै विकास एमालेले गर्दै आएको रएमालेले मात्र गर्न सक्ने बताउनुभयो ।
यसअघि मतदाताहरुसंग उम्मेदवार त्रिपाठी जरुङ र सिमटारमा घरघरमा समेत पुग्नु भएको थियो । यसैगरिक्षेत्र नम्बर १ को प्रदेशसभा १ का एमाले उम्मेदवार रमेश आचार्य धुनीबेसी नगरपालिका वडा नम्बर ९ मा मतदाताहरुसंग भेटघाट गर्दै आफूलाई जिताउन आग्रह गर्नुभयो ।