संखुवासभामा गायिका समिक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएको छ । संखुवासभाको खाँदबारी-६, पाङ्ठामा एकादशी मेलाको अवसरमा एक साङ्गितिक कार्यक्रममा गित गाईरहेकी गायिका अधिकारी माथि ढुङ्गा प्रहार भएको हो ।

ढुङ्गा प्रहारपछि गायिका अधिकारी स्टेज बाटै ‘यसो नगरिदिनुस् तपाईको घरमा पनि दिदि बहिनि होला, दुई चार जना नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि।’भन्दै यस्तो नगर्न आग्रह गर्नुभएको थियो ।

नायक पल शाहलाई नियोजित रुपमा फसाईएको भन्दै नायक शाहका फ्यानहरुले समिक्षा अधिकारीलाई सामाजिक सञ्जालमा पनि नकरात्मक टिप्पणीहरु गर्ने गरेका छन् । ढुङ्गा हान्नेको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments