
धादिङ जिल्ला भित्र अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधनकार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चलानमै रहेका उद्योग तत्काल बन्द गर्न व्यवसायीलाई जानकारी गराउँछौँ , सुचनामा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग/निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायसमेतलाई यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ ।
साथै सबै क्रसर तथा बालुवा प्रशोधन व्यवसायीले कानून बमोजिम दर्ता/नविकरण भएका कागजातहरु घरेलु तथा साना उद्योग कार्यालय, धादिङमा पौष २५ गते ४ बजे भित्र बुझाउन पनि भनिएको छ ।
