नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ।यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यसयता कोरोना सङ्क्रमण कम हुँदै गएको थियो भने कसैको पनि मृत्यु भएको थिएन ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १० लाख एक हजार २० पुगेको छ ।

जसमध्ये नौ लाख ८८ हजार ९ सय ७९ जना निको भइसकेका छन् । मन्त्रालयका अनुसार आज दुई जना निको भएका छन् भने देशभर २१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Facebook Comments