
माघ ३ ।
लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा फ्लीटउड टाउनलाई २–० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे । गएराति भएको अर्को खेलमा श्रिउस्वरी टाउनलाई १–० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।यी दुवै खेल एफए कपका रि प्ले हुन् ।
पहिलो खेल बराबरीमा सकिएपछि गएराति दोस्रो चरणमा रि प्ले खेलाइएको थियो ।एफए कप फुटबलकै अर्को खेलमा आज राती चेल्सी र नर्वीच सिटी भिड्नेछन् ।