धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी हटियामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान गरेका छन् ।

२८ जना महिला र १ सय १२ जना पुरुष गरि १ सय ४० जनाले रक्तदान गरेको नेपाल रेडक्र सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी मैदी उपशाखाको आयोजना तथा ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को सहआयोजनामा रक्तदान भएको हो ।

संस्कृतिको जर्गेना र पृथ्वी नारायण शाहको व्रतबन्ध स्थल ऐतिहासिक मैदिकोटको प्रचार–प्रसार र पर्यटक बिस्तार गर्ने उद्देश्यले चौथो खड्गदेवी सांस्कृतिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।

Facebook Comments