हिजो आईतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र रेडियो एपोस्टलका प्रवन्धक अनिल शाही लगायत मृतकहरुको सम्झनामा आज सोमबार धादिङवेशींमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान हिजो आईतबार काठमाडौंबाट १० बजेर ३२ मिनेटमा पोखराका लागि उडेको थियो ।

१० बजेर ५४ मिनेटसम्म सम्पर्कमै रहेको विमान सेती नदीको खोचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि चालक दलका ४ जना सहित ७२ जनाको मृत्यु भएको थियो ।

Facebook Comments