२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
सेयर गर्नुहोस्
०सेयर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । दिउँसो चार बजे सर्वदलीय बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको भनाइ छ । नेपाली काँग्रेसले माओवादी केन्द्रले राष्ट्रपति र सभामुखको निर्वाचनमा काँग्रेसलाई सघाउने नेता चन्द्र भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार आजको सर्वदलीय बैठकमा यस बारेमा पनि कुराकानी हुने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।