बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज जिल्लाको विभिन्न स्थानका कार्यक्रममा व्यस्त हुनुभएको छ । भवन निर्माण देखी कार्यकर्ता भेटघाट तथा खेलमैदान उद्घाटनमा आज बुधबार व्यस्त रहनुभयो । मुख्यमन्त्री जम्कट्टेलले जिल्ला खेलकुद विकास समिति धादिङको भवन शिलान्यास गर्नुभएको छ ।

मुख्य मन्त्री शालिकराम जम्कट्टेलले आज बिहान एक कार्यक्रमका बीच भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समय मै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।

बागमती प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेपनि विनियोजित बजेटले भवन निर्माणको कामले पुर्णता नपाउने भन्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले बागमती प्रदेशले थप वजेट विनियोजन गर्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र वागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी जिल्ला खेलकुद विकास समितिका सदस्य, खेलाडीहरुको उपस्थिति रहेको थियो । यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानी पोखरमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।

वार्षिकउत्सवको अवसरमा सरस्वतीको मुर्ति अनावरण साथै खेलमैदान उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मुर्ती अनावरण र खेलमैदानको उद्घाटन गर्नुभएको हो । भने त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ सल्यान्टारमा मुख्यमन्त्री जमकट्टेलले कार्यकर्ता भेटघाट समेत गर्नुभएको छ । यस्तै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेकपा (माओवादी केन्द्र) धादिङले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

Facebook Comments