२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाद्वारा मृत्यु दावि वापतको रकम भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाद्वारा मृत्यु दावि वापतको रकम भुक्तानी
सेयर गर्नुहोस्
०सेयर

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले मृत्यु दावि भुक्तानि वापतको रकम भुक्तानी गरेको छ ।

मृतक कृष्ण प्रसाद सिलवालका परिवारलाई आज शाखा प्रबन्धक राजेन्द्र श्रेष्ठले २ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । दाबी भुक्तानी बापतको रकम आज एक कार्यक्रमको विच मृतकका छोरा कृतम सिलवाललाई हस्तान्तरण गरिएको हो ।

मृतक सिलवालले आफ्नो छोरा र आफुको समेत बीमा हुने गरि बिमांक रकम २ लाख ५० हजार बाल अमृत १ (सावधिक) बिमा योजना गराउनु भएको थियो । प्रस्तावक कृष्ण प्रसाद सिलवालको यहि पौष ११ गते स्क्रब टाईफस नामक रोगबाट असमाहिक निधन भएको थियो ।

साथै बाकी अवधिको किस्ता रकम मिनाहा गरिएको र बीमा अबधि समाप्त पछि पुन बीमाङ रकम र सो अबधि सम्मको बोनस रकम एकमुष्ट प्रदान गरिने शाखा प्रबन्धक राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।