२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रामचन्द्र पौडेलद्धारा रेशम चौधरीसंग भेट, आफु रिहाई नभएसम्म सरकारमा सहभागी नहुने अडान

रामचन्द्र पौडेलद्धारा रेशम चौधरीसंग भेट, आफु रिहाई नभएसम्म सरकारमा सहभागी नहुने अडान

१८ फागुन, धादिङ ।
राष्ट्रपतीको निर्वाचन हुने मिति नजिकिएसँगै विभिन्न पार्टीका नेताहरु सहित राष्ट्रपतिका उम्मेदवारले भेटघाट र मत माग्ने अभियानलाइ तिव्र बनाएको छ । नेपाली कांग्रेसका नेता तथा ८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेद्धवार बनेका रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग आज भेटवार्ता गरेका छन् । केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले कारागारमै भेटी भोट मागेका हुन् । साथै अन्य दलका नेताहरुलाइ पनि औपचारिक तथा अनौपचारिक रुपमा मत मागिरहेका छन् ।

एता नेकपा एमालेको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले पनि आजै नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सहितका नेताहरुलाइ भेटी आफुलाइ मत दिन अनुरोध गरेका छन् ।

रेशम चौधरीसंगको भेटमा पौडेलले राष्ट्रपतीमा आफुलाइ सहयोग गर्न भनेको र चौधरीले भने सहयोगका लागि आफ्नो तर्फबाट केहि शर्त अघि सारेका छन् । उनले नेता पौडेलसंग सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला बनाउनुपर्ने, गोदावरीमा रहेको राजधानीलाई धनगढीमा सार्नुपर्ने, विगतमा भएको टीकापुर घटनाको दोषीलाई विना शर्त रिहाई गर्नुपर्ने जस्ता मागहरु राखेको जनाएको छ । साथै जेल सजाय भोगिरहेका चौधरीले आफ्नो रिहाई नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने पनि जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।