चैत्र ७, २०७९ धादिङ

नेपाल खेलकुद महासंघको तर्फबाट धादिङको जिल्ला ईन्चार्जमा महासंघका नव निर्वाचित केन्द्रिय सदस्य सगुन थापा मगरलाइ जिम्मेवारी दिएको छ ।

गत फागुन २६ गते काठमाण्डौंमा बसेको महासंघको प्रथम पूर्ण बैठकले मगरलाई जिम्मेवारी दिएको हो । गत फागुन ९ गते विराटनगरमा महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले कृष्ण बहादुर बस्नेत (पर्शुराम) को नेतृत्वमा १७५ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानी स्थायी घर भएका थापा विद्यार्थी जीवनदेखी खेलकुदमा चासो र रुची राख्नुहुन्थ्यो । थापा विशेष गरी फुटबल प्रेमी खेलाडी हुनुहुन्छ । जिल्लामा हुने विभिन्न किसिमका फुटबल प्रतियोगीताहरुमा भाग लिएर कहिले विजेता बन्थे भने कहिले आफैले नेतृत्व गरेको क्लबको आयोजनामा प्रतियोगीताहरु आयोजना गर्ने गर्नुहुन्थ्यो । अहिले भने उहाँ जिल्लामा रहेका नयाँ युवा खेलाडिहरुलाइ व्यवसायिक र दक्ष बन्न प्रेरित गरिरहनुभएको छ ।

यसैगरी थापासंग नेपाल मार्शल आर्ट्स हाप्कीडो संघ बागमती प्रदेश कमिटीमा रहेर पनि काम गरेको अनुभव छ । गत फागुन २६ गते महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकले कार्यविभाजन सहितका निर्णयहरु गरेको थियो । नेपाल खेलकुद महासंघ नेकपा एमाले निकट युवा खेलाडीहरुको साझा संगठन हो ।

Facebook Comments