सांसद राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैर जिम्मेवार बने पनि संघीय सरकार भने गैरजिम्मेवार बन्न नहुने बताउनुभएको हो । उहाँले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताउनुभयो ।
संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उहाँको भनाइ छ ।सांसद पाण्डेले काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय भएको बताउनुभयो ।











