
धादिङको गजुरी गाउँपालिकाले पछिल्लो समय गर्दै आएको गतिविधी विरुद्ध गजुरीका तीन दलले पालिका अध्यक्षलाई ध्यानाकषर्ण पत्र बुझाएका छन् ।
बुधबार नेकपा एमाले गजुरी गाउँपालिका कमिटीका अध्यक्ष माधव भण्डारी,राष्ट्रिय स्वतन्त्र पार्टी गजुरीका सभापति नवराज कडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी गजुरीका अध्यक्ष दिपेन्द्र शाहले पालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई १० बुँदे माग सहित ध्यानाकषर्ण पत्र बुझाएको हो ।
यस आर्थिक वर्षमा १५ करोड भन्दा माथिको ठेक्का लाग्नुपर्ने ढुङगा बालुवाको ठेक्कालाई विभिन्न बहानामा ३ करोडमा झारी ठेक्का लगाउने र अहिले भए भरको बगर तथा खोला खोल्सीमा डोजर प्रयोग गरी उत्खनन् गर्ने कार्य बन्द गरियोस्, सामुदायिक विद्यालयले स्तर उन्नती गरी अघि बढ्नुपर्नेमा सरोकार पक्षहरुको छलफल विनै विद्यालयहरुको तह घटुवा गर्ने कदम तत्काल बन्द गरियोस्, सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठन गर्दा सबै राजनितिक दल समावेश गरिनुपर्ने माग गरिको छ ।
त्यस्तै गत मंसिरमा भएको निर्वाचनको सम्मुखमा पालिकाले विपदको नाउँ बाट गरेको रकमको खर्च र भुक्तानी सार्वजनिक गरियोस्, सार्वजनिक सडक ममर्त तथा सम्भारको नाउँमा भएको खर्च भुक्तानी गरियोस्, सहकारीको माध्यामबाट कृषकहरुलाई दिईने मलखादको व्यवस्थामा पालिकाको अनावश्यक हस्तक्षेप बन्द गरि आवश्यकता अनुसार मलखादको व्यवस्थापन गर्नुपर्ने र पालिका भित्र हुने सबै विकास निर्माण तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई मार्फत् खर्च एवम् प्रगतिको जानकारी गराईयोस् लगाएतका मागहरु ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको छ ।