
माघ १९-
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताउनु भएको छ ।
ल्याटिन अमेरिकाको पहिलो भ्रमणमा निस्कनुअघि टेक्ससमा बोल्दै टिलर्सनले चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको बताउनुभयो ।
उहाँले ल्याटिन अमेरिकालाई नयाँ साम्राज्यवादी शक्ति नचाहिएको पनि बताउनुभयो । टिलर्सनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्र पुनर्स्थापित गर्न र त्यहाँ स्वतन्त्र र निष्पक्ष चुनाव गराउनका लागि दबाब दिइरहने पनि बताउनुभयो । ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे भाषण दिँदै विदेशमन्त्री टिलर्सनले यस्तो बताउनुभएको बीबीसीले लेखेको छ ।