२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बने सन्दीप

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बने सन्दीप
सेयर गर्नुहोस्
०सेयर

नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् ।

सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले याे कीर्तिमान बनाए । उनले खेलकाे १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।

यसअघि याे कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानकाे नाममा थियाे । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्राे स्थानमा छन् । उनले ५२ खेलमा याे कीर्तिमान बनाएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।