बैशाख १०
धादिङ – प्रतिनिधिसभा तर्फ रिक्त रहेको चितव, तनहु र बारा सहित तीन वटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचनका लागि मतदान भईरहेको छ । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुका ५ बजेसम्म हुनेछ । चितवन निर्वाचन क्षेत्र नं २ , तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज पुन मतदान भएको हो ।
२०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–२ बाट विजयी रवि लामिछानेको नागरिकता र सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा सांसद पद रिक्त भएको हो । तनहुँ १ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेबीच प्रतिष्पर्धा हुँदैछ ।
यसैगरी बारा–२ बाट विजयी रामसहाय यादव उपराष्ट्रपतिमा उप राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाको बीचमा मुख्य प्रतिस्पर्धा हुँदैछ ।