२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालमा भएको नि:शुल्क मुटु परिक्षणमा ११० जनाले सेवा लिए

धादिङ अस्पतालमा भएको नि:शुल्क मुटु परिक्षणमा ११० जनाले सेवा लिए

धादिङ,९ बैशाख- धादिङ अस्पतालमा शनिबार भएकाे नि:शुल्क मुटु परिक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।

मुटुकाे समस्या भाेगिरहेका, र मुटु सम्बन्धि समस्याहरु देखा परेका विरामीहरुका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे विशेषज्ञ टाेलीले एकदिने शिविर संचालन गरेकाे हाे । धादिङ अस्पतालकाे सहकार्यमा संचालन गरिएकाे शिविरमा ७५ जनाकाे ईकाे र ९० जनाकाे ईसिजि गरिएकाे थियाे ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रबिन्द्र सिंखडाकाे नेतृत्वमा शिविर संचालन भएकाे धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनुभयाे । हरेक महिनाको पहिलाे र तेस्रो शनिबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे सहयाेगमा धादिङ अस्पतालमा मुटु परिक्षण हुने छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।