२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ।

तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।