२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आजका लागि तय साउदि अरेबियासँगको खेल पानीका कारण असम्भव भएपछि अ‌ङ्क बाँँड्दै नेपाल प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

मूलपानी क्रिकेट मैदानमा हुने तय भएको खेल रद्द भएको हो । प्रतियोगितामा नेपालले मुलपानीमा यहि एउटा खेल खेल्ने तय थियो ।

नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक भएको छ। साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालले अन्तिम खेल बिहीबार कतारसँग कीर्तिपुरमा खेल्ने छ।

साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोेभने दोस्रो खेलमा कतारलाई ७ विकेटले पराजित गरेको थियोे ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।