चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ ।

लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गर्नुभयो ।  लामिछाने र श्रेष्ठको मतान्तर ४२हजार  ९६२ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गर्नुभयो । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत प्राप्त गर्नुभएको थियो । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

Facebook Comments