प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोईरीलाई निलम्बन गरेको छ । आज आईतबार बसेको प्रतिनिधि सभाको बैठकले कोईरीलाई सांसद पदबाट निलम्बन गरेको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य कोइरीलाई निलम्बन गरेको बैठकमा जानकारी गराउनुभएको हो । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

 

 

 

Facebook Comments