बैशाख २५
एजेन्सि – आईतबार राति भारतको दक्षिणी राज्य केरलामा एक पर्यटकहरू चढेको डुङ्गा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको भएको छ । दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्य भईरहेको र मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राति अध्यारोमा दुर्घटना भएको र धेरै यात्रुहरू डुङ्गामुनि फसेका कारण उद्धारकार्यमा अवरोध भएको थियो ।

केरलाका मुख्यमन्त्री विजय पिनारईले स्थानीय प्रशासनलाई तीव्र गतिमा उद्धारकार्य गर्न निर्देशन दिइएको थियो । साथै भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा मानिसहरूको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । मलप्पुरम जिल्लाका एक प्रहरी अधिकारी अब्दुल नजारका अनुसार उक्त डुङ्गामा क्षमता भन्दा बढी मानिस बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको छ । डुङ्गा पल्टिँदा त्यसमा ५० जना मानिस भएको बताइएको छ ।

 

Facebook Comments